केही ज्ञान र ध्यानका कुरा

क्रान्ति शर्मा
एउटा सन्त र व्यक्ति
एक व्यक्ति ध्यानको खोजी गरिरहेको थियो । मनको चञ्चलताले गर्दा उसलाई ध्यान ग¥यो भने शान्ति प्राप्त हुन्छ भन्ने लागेर ध्यानको खोजीमा लागेको थियो । उसले सोच्यो कुनै अग्लो हिमशिखर अर्थात् एकान्त स्थलमा कुनै ध्यानमग्न शन्त (साधु) कहाँ जान्छु । अनि त्यो व्यक्ति एउटा एकान्त स्थलमा सानो कुटी बनाइ बसेको साधु कहाँ पुग्छ । साधुलाई उसले भेटेर प्रश्न गर्छ, ‘म ध्यान गर्न चाहन्छु । के गर्दा म ध्यान गर्नसक्छु ?’ यति सुनेर साधुले त्यस व्यक्तिलाई बस्न भन्छन् ।
साधु बोल्दै जान्छन्, ‘टाढाबाट आयौं होला, थकाइ पनि लागेको होला, बस चिया खाउ कुरा गर्दागर्दै पनि केही सिक्न सक्छौं ।’ साधु मुस्कुराउँदै व्यक्तिको नजिकै बसे । तर त्यो व्यक्ति अचम्ममा पर्छ । कस्तो साधु होला कमसेकम मेरो प्रश्नको जवाफ दिए त भइहाल्थ्यो नि ! अनि व्यक्ति ल ठिकै छ थकाइ पनि लागेकै छ, चिया खाइ हालौं भन्ने सोच्छ ।
साधुले चिया पकाउँछन् र त्यो व्यक्तिलाई मुस्कुराउँदै हेर्छन् । अनि तल गिलास राखेर माथिबाट चिया हाल्न थाले, गिलास भरियो तर साधु रोकिएन चिया भरिएर पोखियो तर पनि साधु रोकिएनन् त्यो देखेर व्यक्ति झर्किदै बोल्यो,
‘तपाईं कस्तो सन्त हो, कस्तो मान्छे हो ? दिमाग छैन तपाईको ? यो के गर्नु भएको ? गिलास भरिएर चिया भुँइमा पोखिएको पोखिएकै छ, अझै चिया हाल्नु हुन्छ ।’
अनि सन्त बोले,
‘हेर बाबु ठीक यस्तै छ तिम्रो मन । तिम्रो मन खाली छैन, भरी छ, त्यसैले म तिमीलाई ध्यानको बारेमा के दिउँ, सब पोखीहाल्छ । पहिले तिम्रो मन खाली गर । म को हुँ ? म कहाँबाट आएँ ? र कहाँ जान्छु ? यी बारेमा बुझ्न जरुरी छ । यी कुरा बुझ्नका निमित्त पहिले विधिमा हिँड्न जरुरी छ ।’
‘तर ध्यान कसरी गर्ने ?’
‘ध्यान कतै बाहिर नखोज, तिमी भित्रै छ । तर मनको चञ्चलता हटाइकन मात्रै ध्यान बन्छ । यी सबै मनको चञ्चलता मेटाउने विधिको नाम हो ध्यान ।’
हामी ध्यान नलागेको लागेको नै थाहा हुन्न । किनकी ध्यान नलाग्दा के हुन्छ ? र ध्यान लाग्दा के हुन्छ ? जबकी तिमी ध्यानबारे थाहा पाउन चाहन्छौं ध्यान प्राप्त हुँदा नहुँदाको फरकको बारेमा थाहा पाउन कमसेकम ध्यान प्राप्त नभइकन कसरी प्राप्त हुन्छ कि ध्यान लागेको र नलागेकोमा के अन्तर हुन्छ ।
यसर्थ पहिले ध्यान प्राप्त गर्न एउटा विधिमा हिँड ध्यन पूरा गर । आदि अध्ययन पूरा नगरी दिएको परीक्षा कसरी उत्तीर्ण गर्न सक्छौ र ?
एक दिन यस्तो हुनेछ,
विश्वास गर, आफूलाई चिन, जान, समाल । जे खोज्छौ त्यो चिज स्वयम् तिमीभित्रै छ, कही जानुपर्दैन । तिमी त्यो चिज देख्ने छौ, बुझ्ने छौ । वस् सत्य, आनन्द, शान्तिको मुहान स्वयम् तिमीभित्रै पाउने छौं ।
‘मान्छेले जे खोज्छ त्यही प्राप्त गर्छ’ सकारात्मक सोच राख्छ र सकारात्मक परिणाम नै प्राप्त गर्छ । कु–विचार राख्छ र नकारात्मक परिणाम नै प्राप्त गर्छ ।

प्रकाशित मितिः   २० आश्विन २०७५, शनिबार १४:३५