राष्ट्रसंघको आवश्यकता र सीमा

डा.दिपक गौतम
संयुक्त राष्ट्रसंघ विश्वका ठूला–साना, धनी–गरीब सार्वभौमसत्ता सम्पन्न देशहरूहरूको ठूलो र पुरानो अन्तर्राष्ट्रिय कानुन, सुरक्षा, आर्थिक विकास, सामाजिक प्रगति, मानव अधिकार, शान्तिको प्राप्तीका लागि सहकार्य गर्ने परिचित संस्था हो । यसको स्थापना २४ अक्टुवर १९४५ मा भएको हो । यसका सदस्य राष्ट्र अहिले झण्डै दुई सय जति छन् । यसले प्रत्येक वर्ष प्रति देशबाट ६ जना सदस्यहरूलाई यसका सदस्यहरू मानेर तदनुकुलको व्यवस्था गर्दछ । यसको मूल सिद्धान्त समानता हो ।
कागजमा समानता भए पनि व्यवहारमा त्यस्तो देखिन्न । अमेरिका, बेलायत, रुस, चीन, भारतसँग भिटोको शक्तिको सामथ्र्य छ । दोस्रो विश्वयुद्धको समाप्तिले यसको जन्म दएको हो । यसअघि यसको साररूप द लिग अफ नेसन्समा थियो । द लिग अफ नेसन्सले दोस्रो विश्वयुद्ध रोक्न नसक्दा संयुक्त राष्ट्रसंघ जन्मियो । दोस्रो विश्वयुद्ध सन् १९३९–१९४२ सम्म चल्यो, जसले युद्धमा संलग्न–असंलग्न राष्ट्रको अरबौं मूल्यको सम्पत्ति क्षयीकरण, मुद्राको अवमूल्यन, बेरोजगारी, दुर्भिक्ष, महारोग फैलिएर विश्वमानवमा युद्ध घृणााको भावना जन्मायो र विश्व समन्वय, सहकार्य, सहयोग जस्ता अवधारणा जन्मिन
गए । यद्यपि राष्ट्रसंघको स्थापना सन् १९२० बार्सासन्धीमा हस्ताक्षर गर्नेहरू बीसवटा देशहरूको सक्रियतामा भयो । अमेरिकाले स्थापनामा महŒवपूर्ण भूमिका खेलेपनि आफूलाई सदस्य राष्ट्र बनाउन सकेन ।
राष्ट्रसंघमा भारत ब्रिटेनको उपनिवेश भए पनि सदस्य बनेको थियो । युद्ध रोक्ने र शान्ति स्थापना गर्ने, क्षेत्रीय एकता र राजनैतिक स्वतन्त्रता विरुद्ध रोक्न राष्ट्रसंघका उद्देश्यहरू थिए र श्रमको महŒवलाई प्राथमिकता दिनका लागि व्यवस्थापिका, परिषद् स्थायी अन्तर्राष्ट्रिय न्यायालय, सचिवालय र अन्तर्राष्ट्रिय श्रमिक संगठनका अंगहरूद्वारा राष्ट्रसंघ विश्वमा क्रियाशील रहेको हो । स्थापनाकालदेखि दोस्रो विश्वयुद्ध नदेखिदासम्म रुससहित यसमा ६० राष्ट्रहरू संलग्न थिए । सन् १९३९ मा यसलाई रष्ट्रसंघबाट निश्काशन गरिएको हो । यसका सामाजिक तथा लोकहितकारी कार्य, अन्तर्राष्ट्रिय झगडाको फैसला गर्ने, यसका कार्यहरू थिए । अमेरिका सदस्य नहुँदा रुसलाई हटाउँदा यस भर्सेलिज जस्तो बद्नाम सन्धिमा हात हाल्दा विरोधी तत्वहरू टकराउँदा, अघिनायकवादको उदय हुँदा, सदस्य राष्ट्रबीच विचार भिन्न हुँदा राष्ट्रसंघ असफल बन्न पुगेको हो ।
यसरी पछिल्लो संस्करणमा द युनाइटेड नेसन बन्न पुगेको राष्ट्रसंघ तत्कालीन अमेरिकी राष्ट्रपति रुजबेल्टले पहिलो पटक लिग अफ नेसनको सट्टामा युनाइटेड नेसन शब्दको प्रयोग गरेका हुन् । युनाइटेड नसनले पनि साधारणसभा, सुरक्षा परिषद्, सचिवालय, अन्तर्राष्ट्रिय अदालत, भिटो शक्ति, आर्थिक–सामाजिक परिषद् जस्ता मुख्य अंगहरू पनि छन् । यसरी नै अन्तर्राष्ट्रिय दूरसञ्चार संघ, हुलाक संघ, श्रमिक संगठन, खाद्य तथा कृषि संगठन, पुननिर्माण र विकासका लागि बैंक, मुद्राकोष, शिक्षा–विज्ञान–उद्योग संघ, बौद्धिक संघ, खाद्य कोष जस्ता १७ वटा विशेष सहयोग एजेन्सीजहरू छन् । एन्टिनियो गुटेर राष्ट्रसंघका महासचिव छन् ।
साधारणसभा संयुक्त राष्ट्रसंघको मुख्य अंग हो । यसका प्रत्येक सदस्यराष्ट्रहरूसँग एक भोटको अधिकार हुन्छ । यसको घोषणापत्रभित्र रही सदस्य राष्ट्रले स्वतन्त्रपूर्वक बोल्न पाउँछ । प्रत्येक वर्ष साधारणसभा हुन्छ । प्रत्येक वर्ष अमेरिकी राष्ट्रपतिले उपस्थित राष्ट्रका प्रतिनिधिलाई भेट दिन्छन् र भोज दिन्छन् । राष्ट्रपतिले भेट्नलाई पाँच घण्टा लाग्दछ । यस अलावा संयुक्त राष्ट्रसंघले ‘राष्ट्र संघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँड गरौं’ भन्ने नारासहित यही असोज ९ गते मंगलवारका दिन न्यूयर्क अमेरिकामा महासभा सुरु भयो । नेपालका प्रधानमन्त्री खड्कप्रसाद ओलीले शुक्रवारका दिन सम्बोधन गरे ।
सन् १९५५ तदनुकुल २०१२ सालमा मात्र सदस्यता पाएको नेपालमा राजनैतिक शक्ति सन्तुलन, संक्रमणकालीन थियो । दरबारले निरंकुशताको लय नसमाति रहेको क्षणमा २०१३ सालमा मात्र तत्कालीन परराष्ट्रमन्त्री चुडाप्रसाद शर्माको नेतृत्वमा ६ सदस्यीय नेपाली प्रतिनिधि मण्डलले भाग लिएर पहिलो प्रतिनिधित्व गरेको हो । त्यसबेलामा हिमाल विक्रम शाह, प्रिन्सेस शाह, केशरबहादुर केसी, हंशमान सिंह, र दमनराज तुलाधर सदस्यका रूपमा भाग लिएका हुन् भने २०१७ सालको कुपरिवर्तनले राजपरिवारलाई श्री ५ को पद दिएपछि राजपरिवार गएको सम्मको नेतृत्व राजपरिवारबाटै हुन लागेको हो । ऋषिकेश शाह, दुरेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपााध्ययपछि प्रधानमन्त्रीको हैसियतबाट विपिले नेतृत्व गरेर सभालाई सम्बोधन मात्र भएन नेतृत्वको पदक्रम उठेको छ । २०१७ सालयता ४०४६ साल उता लगालग सभाको नेपाली नेतृत्व राजाबाट भयो । यसपछि दरबार संवैधानिक भएपछि कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद कोइराला, शेरबहादर देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, खड्कप्रसाद ओलीबाट भएको छ । साधारणसभाको १५ औं सभाबाट प्रधानमन्त्रीले गर्ने परम्पराको थालनी भएको हो ।
६ जनालाई मात्र सदस्यता हैसित दिने चलन भएको सभाले नै खर्च धान्ने परम्परामा देउवाले २०५२ सालको साधारणसभामा ४९ जना लगेर ८ गुणा ठूलो पारेर लैजाने काम गरेका हुन् त्यसो त राजाकालीन देशमा पनि आ–आफ्ना आसेपासे बढी ने लैजाने चलन थियो । साधारणसभालाई विश्वमेला भन्ने पनि गरिन्छ र त्यहाँ राष्ट्रका प्रमुख आउने चलन छ, तिनका बीचमा एक पक्षीय, बहुपक्षीय विचार राख्ने गरिन्छ ।
यसपाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत भाषण गरेपछि ब्राजिलको सम्बोधनबाट महासभा आरम्भ भएको हो र यसपछि अमेरिकाले सम्बोधन गरेको छ । संयुक्त राष्ट्रसंघमा प्रत्येक देशको स्थायी प्रतिनिधि सधैं रही राख्ने चलन भए पनि यसपाला नेपालले त्यहाँबाट झिकेको छ । राष्ट्रसंघको बजेट कटौतीमा परेको छ । ठूला पदमा नेपालीको उपस्थिति न्यून छ । कुटनीतिक लविङ कमजोर भइरहेको तथा शक्ति सम्पन्न राष्ट्र अमेरिकी छायाँमा संयुक्त राष्ट्रसंघ गुज्रिरहेको र चीन, युरोप तथा रुस, इरानसँग अमेरिकी सम्बन्ध सर्वथा कमजोर स्थितिमा रहेकाबेला विश्वसभा विश्व चाहना बुझ्ने अवसर भइरहेको छ ।
यसैबीच ओलीले अमेरिकी राष्ट्रपति कोलम्बियाली राष्ट्रपति तथा क्यानडेली राष्ट्रपति अनि बेलायती प्रधानमन्त्रीसँग साइडलाइनमा भेटवार्ता गरेका छन् भने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई भेटेकी छन् । यस सन्दर्भमा ओलीले अमेरिकी राष्ट्र कोष्टिारिकाको दुई दिने औपचारिक भ्रमण गरेका छन् । मन माझ्ने र हार्दिकता साट्ने अवसरको राष्ट्रसभाका क्रमले ट्रम्पले ओलीलाई नेपाली राजनीतिकर्मी मेहेनती भएकाले सहकार्य गर्ने रुचि भएको प्रतिक्रिया दिएका छन् । कोलम्बीयाका राष्ट्रपतिले त नेपालको शान्तिप्रक्रिया विश्वकै लागि मोडल हुनसक्ने भन्दै यसको प्रचार गर्नुपर्ने राय व्यक्त गरेका हुन् । ओलीले यसलाई होमग्रोन नभइ, वास्तविक समाधान हो भनेका छन् । बेलायती प्रधानमन्त्री मेसँग नेपाली बेलायती सेनाका समस्याका बारेमा छलफल भयो । दौत्य सम्बन्ध राखेका दुई सय वर्षको अवसरमा ओलीले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिए । राष्ट्रसंघका महासचिवले नेपाली नारासँग मिल्ने बुँदाका बारे सुरुमै चर्चा गरे । भारतीय विदेशमन्त्री स्वराजसँग सम्बन्ध तलवितल हुन नदिन सचेतता लिँदै भारतीय पक्षले बनाइदिने परियोजनाको समीक्षा भएको हो ।
ओलीका अनुसार नेपालले विदेशलाई दिने भएको नै नेपाली आफ्नै मोडेलको शान्ति प्रक्रिया हो र जनतालाई समृद्धि दिने हो । नेपालको दृष्टिकोण गरिबी र भोकमरीको अन्त्य पनि हो । विश्वको दृष्ट्रिकोणले नेपाली दृष्टिकोणलाई सकारात्मक कोण दिएको छ । राष्ट्रसंघको भावना र नेपाली भावनामा समरूपता छ । विश्वशक्तिको अभियानमा नेपाली सेनाले विश्वका थुप्रै राष्ट्रमा खेलेको भूमिकाले, नेपाली कुटनीतिज्ञ तथा प्रशासनहरूले खेलेको भूमिकाले राष्ट्रसंघको शक्ति मैत्री विकास तथा समृद्धिको लक्ष्यलाई महŒवपूर्ण भूमिका खेलेको छ ।

प्रकाशित मितिः   १७ आश्विन २०७५, बुधबार १६:१२