आत्मनिर्भर अर्थतन्त्रमा खानी

प्रेमबहादुर शाही
पृथ्वीनारायण शाहले भनेका छन् ‘खानीहरू भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानीहरू चलाउनु पर्छ ।’ पृथ्वीनारायण शाहले भने जस्तै नेपाल एउटा खानी नै खानीहरूले भरिएको देश हो । नेपालमा रहेका खानीहरूको अन्वेषण, उत्खनन्, प्रशोधन, उत्पादन र निर्यात गरेपछि समृद्ध देश हुन्छ । पृथ्वीनारायण शाह नेपाली इतिहासमा एउटा दूरदर्शी राजा हुन । देशमा भएको खानीहरूले नै गर्दा देशको आर्थिक विकास हुन्छ भन्ने थाहा पाएर उनले यस्तो भनेका हुन् । हुन पनि हो, देशमा रहेका खानीहरूलाई मात्र प्रयोग गर्ने हो भने नेपालीले देखेको देश समृद्धिको सपना छिट्टै पूरा हुन्छ । त्यसैले आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि देशमा रहेका खानीहरूको उत्खनन्सहित प्रयोगमा ल्याउनुपर्छ । समृद्ध देश बनाउनमा देशका खानीहरू महŒवपूर्ण साधन हुन् ।
देशमा रहेका खानीहरूको विषयलाई लिएर विभिन्न समयमा चर्चाको विषय बनाइन्छ । तर खानीहरूलाई उत्खनन् गरी प्रयोगमा देशलाई अर्थतन्त्रमा टुेवा पुग्छ भनि कसैको दीर्घकालीन योजना बनाउन सकेनन् । जसको परिणाम स्वरूप युगौंदेखि खानीको सिरानीमा हामी निदाइ रहेका छौं । खानीको सिरानी बनाइ मिठो निन्द्रामा रहेका हामी अब ब्यूँझनुपर्छ । देशको राजनीतिक खिचातानी र हाम्रो खानीको सिरानीले देशलाई कहिल्यै
आत्मनिर्भर बनाउन सकेन । समय धेरै ढिला भइसकेको छ । खानीको सिरानीमा सुतेका हामी र देशको नीति निर्माता सबैले सोच्नुपर्ने बाध्यता भइसकेको छ । अझै हामीले बिलौना ग¥यौ भने देशलाई कहिल्यै समृद्ध बनाउन सक्दैनौं र देशमा रहेका स्रोत साधनको कहिल्यै प्रयोग आउने छैनन् ।
नेपालमा रहेका खानी, विदेशमा रहेका नेपालीको जवानीको कहिल्यै कसैले मूल्यांकन नगरेका कारण देश सृमद्धि हुन सकेन । खानीको सिरानी बनाइ सुतेका हामी खानीबाट उत्पादन सामग्रीहरूलाई चिन्न सकेनौं । त्यही कारण आज देश पूर्ण परनिर्भारता भएको छ । सधैं हामीले अरुको गुलामी भइरहनुप¥यो । देशको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नको लागि देशमा भएका सबै खानीहरूको उत्खनन् गरी प्रयोगमा ल्याउनुपर्छ । जबसम्म हामी खानीहरूको उत्खनन्, प्रयोग र प्रशोधनमा ल्याउन सक्दैनौं तबसम्म देश कुनै पनि हालतमा आत्मनिर्भरता हुन सक्दैन । खानीहरूबाटै उत्पादित वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याइ त्यसबाट हामीले मनग्य विदेशी मुद्दा भिœयाउन सक्छौं । खानीहरूले नै देशको आर्थिक विकास गर्ने हो ।
नुनदेखि सुनसम्म नेपालमा रहेका खानीमै छ । अनगिन्त खानीहरू वषौंदेखि हाम्रो जमिनमुनी दबिएर बसेका छन् । खानीहरू उत्खनन्, अन्वेषण र प्रयोगका केही प्रयासहरू भए पनि तिनीहरूले पूर्णता पाएका छैनन् । अब देशमा रहेका खानीहरूहरूलाई राज्यले उत्खनन् गरी प्रयोगमा ल्याउने हो भने नेपाल अबको केही वर्षमै विकसित देशको सूचीमा सूचिकृत हुन्छ । खानीहरूको अध्ययन अन्वेषणको लागि देशमा पर्याप्त जनशक्ति, स्रोत साधन नभएका कारणले पनि देशमा रहेका खानीहरूको उत्खनन् र प्रयोग हुन सकेका छैन । कतिपय खानीहरूको अझै पहिचान हुन सकेका छैनन् । सरकारले अब खानीहरूको खोज अन्वेषण गर्नको लागि दक्ष जनशक्ति उत्पादनमा गर्नमा ध्यान दिनुपर्छ । खानीहरू उत्खनन् प्रयोगको लागि स्वदेशी लगानीहरूलाई प्रोसाहित हुने खालका कार्यक्रमहरू ल्याउनुपर्छ । सरकारले विदेशी बहुराष्ट्रिय खानीहरूको उत्खनन् र प्रशोधन गर्ने कम्पनीहरूलाई भित्राइ सुरक्षित लगानीको विश्वासको वातावरण बनाउन लाग्नुपर्छ । उनीहरूको लगानीको सुनिश्चितता सरकारले आफै जिम्मेवारी लिनुपर्छ । यसो गरियो भने मात्र, देश समृद्ध हुन्छ ।
अहिले जति पनि देशहरू विकसित भएका छन्, ती देशहरूले आफ्नै देशमा रहेका खानीहरूको उत्खनन् गरी प्रयोगमा ल्याएर मात्र विकसित भएका हुन् । नेपालमा भने खानीहरूलाई उत्खनन् र प्रयोग नै नगरी अन्न जस्तै भण्डारणमा रहेका छन् । धेरै समयसम्म अन्नलाई प्रयोगमा ल्याइएन भने अन्न कुहिएर जान्छ । खानी पनि त्यही अन्न जस्तै हुन । जमिनमुनी रहेका खानीहरूलाई समयमै उत्खनन्सहित प्रयोग नभएपछि केही खानीहरू जस्ताको त्यस्तै रहने पनि अधिकांश खानीहरू माटोमा विलाएर जान्छन् । त्यसैले देशमा रहेका खनीहरूको उत्खनन् गरी व्यवसायिक रूपमा प्रयोग गर्नुपर्छ । खानीहरूले नै खनिज पदार्थहरूको भण्डारण गर्छ । खनिजहरू पदार्थहरू खानीहरूबाटै उत्खनन्सहित प्रशोधन गरी दैनिक उपभोग्य सामग्रीहरू बनाइन्छ । यसरी निर्माण गरिएका उपभोग्य सामग्रीहरू निर्यातबाट आर्जित मुद्राले देश समृद्ध हुन्छ ।
नेपालमा रहेका खानीहरू
प्रदेश नम्बर १
– उदयपुर चुनढुङ्गा, रातोमाटो, ग्रेनाइट, अग्रक
– संखुवासभा क्वार्ज, अक्वामारिन, टुमार्लिन
– धनकुटा चुनढुङ्गा, डोलोमाइट
– ताप्लेजुङ अक्वामारिन, क्वाज, टुमार्ली
– सोलुखुम्बु अक्वामारिन, टुमार्ली, तामा
– इलाम चुनढुङ्गा, पोटिमेटल
– भोजपुर चुनढुङ्गा, क्याल्साइट
– खोटाङ चुनढुङ्गा
प्रदेश नम्बर २
– अहिलेसम्म यो प्रदेशमा कुनै पनि खानी बारेमा अध्ययन र अन्वेषण भएको छैन । अब आउने दिनहरूमा खानीको अध्ययन अन्वेषण हुने क्रममा छ ।
प्रदेश नम्बर ३
– धादिङ सुन चुनढुङ्गा, डोलोमाइट, क्वार्जजाइट, सिसा, जिंक, क्याल्साइट
– ललितपुर चुनढुङ्गा
– चितवन चुनढुङ्गा, डोलोमाइट
– मकवानपुर चुनढुङ्गा, मार्वल, क्यार्जजाइट, क्यासाइट, ग्रेनाइट
– काभ्रेपलाञ्चोक चुनढुङ्गा, क्वार्जजाइट, स्ल्याव, स्टोन
– सिन्धुली चुनढुङ्गा
– नुवाकोट चुनढुङ्गा
– सिन्धुपाल्चोक क्वार्जजाइट, खरीढुङ्गा
– दोलखा चुनढुङ्गा म्याग्नेसाइट
– रामेछाप फलाम
प्रदेश नम्रब ४
– तनहुँ चुनढुङ्गा, खरीढुङ्गा तामा, डोलोमाइट, फलाम
– गोरखा चुनढुङ्गा, रातोमाटो, क्वार्जजाइट
– बाग्लुङ पत्थर, फलामा
– म्याग्दी खरीढुङ्गा र क्वार्ज
– पर्वत क्वार्जजाइट, फेल्डस्पार
– नवलपरासी फलामा
– स्यांजा चुनढुङ्गा, क्वार्जजाइट
– मनाङ टुर्मालिन
– लम्जुङ क्वार्जजाइट
प्रदेश नम्बर ५
– दाङ कोइला, चुनढुङ्गा, सुन, डालोमाइट, सिसा, रातो माटो
– पाल्पा, कोइला, चुनढुङ्गा, डालोमाइट, फलामा, क्वार्जजाइट
– प्युठान चुनढुङ्गा
– रोल्पा चुनढुङ्गा, सुन, पोलिमेटल
– अर्घखाँची चुनढुङ्गा
– बाँके सिलिका स्याण्ड
प्रदेशन नम्बर ६
– सल्यान चुनढुङ्गा, क्यालसाइट
– जजारकोट काइनाट, टुर्मालिन, सुन, फलाम
– कालिकोट काइनाइट
– हुम्ला क्वार्ज
– रुकुम तामा
– दैलेख काइनाइट
– सुर्खेत चुनढुंगा, रेड क्ले
प्रदेश नम्बर ७
– अछाम काइनाइट
– दार्चुला सिसा, खरिढुङ्गा, क्वार्ज
– बझाङ क्वार्ज, डोलोमाइट, खरिढुङ्गा
– बैतडी चुनढुङ्गा, फलाम, खरिढुङ्गा,
– डोटी चुनढुङ्गा, खरिढुङ्गा
– कैलाली चुनढुङ्गा
– डडेलधुरा तामा
स्रोतः खानी तथा भूगर्भ विभागको सहयोगमा ।

(लेखक नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन् ।)

प्रकाशित मितिः   ११ आश्विन २०७५, बिहीबार १७:०१