‘सेना बन्न चाहन्थें, शिक्षक बनें’
छविलाल आचार्य साहारा क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख हुन् । वि.सं. २०३७ साल मंसिर १७ गते लेकवेशी नगरपालिका–९ साटाखानीमा बुबा अनिरुद्र आचार्य र आमा नन्दकली आचार्यको कोखबाट जन्मिएका आचार्यको सानैदेखिको सपना नेपाली सेना वा नेपाल प्रहरी हुने थियो । यसका लागि प्रयास पनि गरे तर सफल हुन सकेनन् । त्यसपछि अध्यापनमा लागेका उनी सुर्खेत शिक्षा क्याम्पसमा पनि अध्यापन गराउँछन् । उनै आचार्यले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः
मेरो जन्म साटाखानीमा भयो । वीरेन्द्रनगर सदरमुकामबाट नजिक भए पनि पिछडिएको ठाउँ थियो । बुबा–आमा कृषि पेसा गर्नुहुन्थ्यो । बाल्यकाल विशेष गरेर घरको काममा र पढाइमा नै बित्यो । मेरो दाइहरू पढेकोले हामी भाइबहिनीहरूले पनि पढ्नुपर्छ भन्ने थियो । आफू भन्दा अगाडिका दाजु तथा दिदीहरूले जुन बाटोमा हिँड्यो त्यही बाटो लागिने पनि रहेछ । बाल्यकालमा पढ्न भन्दा बढी खेल्न र रमाउन मन लाग्छ तर दाइहरू अगाडि पढ्नुभएको कारणले हामीले पनि पढ्नुपर्छ भन्ने थियो ।
जेठो दाइ र माइलो दाइले पढ्नु भएको थियो । मैले कक्षा १ देखि खाँडदेवी माविमा पढेको हुँ । आठ कक्षामा फेल भएँ । मैले जीवनमा पहिलो पटक नै फेल भएको होला जस्तो लाग्छ । अहिले यो समयसम्म आउँदा त्यसपछि मैले असफल हुनु परेको छ जस्तो लाग्दैन । आठ कक्षामा असफल हुँदा ठूलो पाठ सिकें मैले । त्यसबेलामा हामी करिब ५० जना जति कक्षा आठमा पढ्थ्यौं । त्यसमध्ये ४२ जना परीक्षामा फेल भयौं । त्यसपछि कक्षा ८ मा पढ्ने विद्यार्थीहरूको दुई वटा कक्षा भयो । एउटा कक्षामा फेल भएका विद्यार्थीहरूलाई मात्र राखियो । र अर्कोमा नयाँ विद्यार्थीहरूलाई मात्र राखियो । धेरै नरमाइलो लाग्यो । फेल हुनेको सेक्सन मात्र भनेर भन्ने गर्थे । अब मेहेनत गरेर पढ्नुपर्छ भन्ने लाग्यो । र अर्को वर्ष उत्तीर्ण हुन सफल भएँ ।
साथीभाइहरू मिलेर खेल्थ्यौं । त्यसैमा रमाउँथ्यौं । रमाइलो हुन्थ्यो । घाँस दाउरा, गाइगोठालो जानुपर्ने हुन्थ्यो । बिहान घाँसदाउरा काट्ने, अनि विद्यालय जाने र साँझ विद्यालयबाट फर्किएपछि फेरी घाँस दाउरा काट्ने गथ्र्यौं । पानी बोक्नुपर्ने
हुन्थ्यो । खेतबारीमा पनि काम गर्नुपथ्र्यो । हामी साँझको समयमा पढ्थ्यौं । बत्तिको सुविधा हुन्थेन । मटितेल हुन्थ्यो । टुक्की बालेर रातीको समयमा पढ्थ्यौं ।
बाल्यकालमा बदमासी काम भने
गरेनौं । पढ्नुपर्छ भन्ने हुन्थ्यो । बुबा–आमाले भनेको मान्नुपर्छ भन्ने लाग्थ्यो । बुबा–आमाले भनेको मान्ने, उहाँहरूले गराएको काममा ध्यान दिएर गर्ने गथ्र्यौं । बरु सानोमा खेल्दा कहिले काहीं झुक्किएर साथीहरूलाई चोट लाग्थ्यो । हामीले गाइगोठाला जाँदा चच्चु पिङ खेल्थ्यौं । एक दिन एक जना साथीलाई चोट लाग्यो । घरमा आएर भनिदिन्छन् की भन्ने ठूलो डर लागेको थियो । पछि भन्नेन् । बचियो बुबा–आमाबाट गाली खान । कहिले काहीं गुच्चा खेल्ने पनि गरिन्थ्यो तर धेरै समय भने पढाइमा नै दियौं हामीले ।
कक्षा ९ सम्म मैले त्यसै विद्याललयमा पढें । त्यसपछि म कक्षा १० मा पढ्न अमर ज्योति माध्यमिक विद्यालय नेवारेमा आएँ । मेरो दाईले त्यहीबाट एसएलसी गर्नुभएको थियो । मलाई पनि दाईले वीरेन्द्रनगरमै ल्याउनुभयो र नेवारेमा भर्ना गरिदिनुभयो । नेवारे पढ्दाखेरी कोठा भाडामा लिएर बस्नुपर्ने हुन्थ्यो । अहिलेको जस्तो ग्यास धेरैले बाल्दैन्थे । स्टोपमा खाना पकाउनु पथ्र्यो । प्रत्येक शुक्रवार घर जान्थ्यौं । हप्ताभरी पुग्ने चामल, दाल तरकारी लिएर आउँथ्यौं । मैले अमर ज्योतीबाट नै एसएलसी उत्तीर्ण गरें । मैले वि.सं. २०५५ सालमा एसएलसी पास गरेको हुँ ।
म सानोमा धेरै सार्थीहरूसँग घुलमिल नहुने, धेरे कुरा नगर्ने, धेरै साथीहरू बनाउन नरुचाउने थिएँ । अलि दुब्लो, पातलो, अग्लो थिएँ । नेपाली सेवा वा नेपाल प्रहरी बन्ने मेरो सपना थियो । वि.सं. २०६० सालतिर प्रहरीमा पनि कोसिस गरें । प्रहरी निरीक्षकको लिखित परीक्षासम्म उत्तीर्ण गरेको थिएँ । मौखिममा फालिएँ । त्यसपछि प्रहरी बन्ने सपना पूरा हुन सकेन । मैले शिक्षक नै बन्नुपर्छ भनेर आफ्नो लक्ष्यको बाटो मोडें ।
मैले स्नातक तह सुर्खेतमा पढिसकेपछि स्नाकोत्तर पढ्न काठमाडौं गएँ । घरमा दाइहरू भएको कारणले मलाई कुनै समस्या थिएन । काठमाडौंबाट पढाइ सकेपछि सुर्खेत क्याम्पस शिक्षाबाट मैले शिक्षण पेसा सुरु गरेको हुँ । मैले सन् २०१३ मा एमफिल पनि गरें । अहिले पीएचडीको अन्तिम तयारीमा छु । अझै पनि पढ्ने बानि छुटेको छैन । अहिले साहारा क्याम्पस सुर्खेतको प्रमुखको रूपमा कार्यरत छु । सँगै सुर्खेत शिक्षा क्याम्पसमा पनि पढाइरहेको छु ।
स्नातक तहका विभिन्न किताबहरू पनि प्रकाशन गरेको छु । हामीहरूले यस क्षेत्रमा शिक्षाको माध्यममार्फत आइटीद्वारा विकास गर्नका लागि जनशक्तिको प्रवद्र्धन गर्ने भनेर लागेका छौं । अहिले बाल्यकालका क्षणहरू सम्झनामा आउँछन्, बाल्यकालका साथीहरू भेटिन्छन् । रमाइलो लाग्छ ।
साझा बिसौनी ।