महिला हिंसा रोक्न यौन स्वतन्त्रता

पृथ्वीबहादुर सिंह
पृथ्वीमा जीवजन्तु, किटपतङ, वनस्पति उत्पत्ती भएदेखि नै भाले–पोथी सन्तान उत्पादनको लागि प्रकृतिको नियम बन्दै आएको छ । यी सबैको सन्तान उत्पादनमा एकै प्रजातिकामा कुनै नाता पर्नेमा यौन प्रजनन् गरेर बच्चा हुँदैन भन्ने चेतना नभएको नातामासमेत यौन सामेल हुन्छन् । मानिस मस्तिष्कले तिनैहरूलाई पनि आज फरक प्रजातिबाट सन्तान उत्पादन गरे राम्रो र उन्नतीशील जन्म हुन्छ भने पशुहरूमा फरक प्रजातिबाट भाले–पोथी जन्म गराउन थालिएको छ । वनस्पतिमा पनि कलमी बिरुवा बढी उत्पादनशील पनि मानिसले नै अनुसन्धान गरी वंश विकास गराइरहेको छ ।
सन्तान उत्पादनमा मानिसबाहेक अन्य जीवजन्तु, वनस्पति निश्चित एउटा यौवनको विन्दुमा पुगेपछि यौनक्रियामा सामेल हुन्छन्, सन्तान उत्पादन गर्दछन् । तर मानिस भने यस्तो जीव हो जो यौनका लागि तयार भएपछि सन्तान उत्पादन नगर्ने समयमा पनि यौनमा सामेल
भइरहन्छ । पशुहरूमा यौनको लागि पोथी जातिलाई यौनमा सामेल हुन नदिए वा बढी भालेहरूले यौनमा सामेल भएर हत्या–हिंसा गरेको देखिदैन । बरु भालेहरू आपसको लडाई गरेर घाइते भएको भने देखिन्छ । वनस्पतिको परागसेचन हुँदा किटपतङ संसर्गबाट हुने भएकाले हत्या–हिंसा हुने कुरा भएन । तर मानव जातीमा भने यौनकै कारण हत्या र हिंसाका घटना भइरहेका छन् ।
श्रृष्टिको सुरुकालमा अर्थात जंगली युगमा मानिसहरूमा पनि सामूहिक यौन थियो । जब मानिस मस्तिष्कले प्रकृतिका नियमसँग मिलेर आफ्नो सुविधाको लागि भौतिक, आध्यामिक विकास गर्न थाल्यो विस्तारै समाज र राज्यको उत्पत्ति भयो । समाज विकासको क्रममा एउटा ट्रिपले अर्को ट्रिपमाथि हमला गर्ने, लुट्ने, यौन सामूहिक हुँदा सन्तानहरू विकलाङ्ग जन्मन थालेपछि उपाय खोज्न
थाले । बलियाले निर्धामाथि हमला गर्ने, सत्ता मादले अनेकौं कुकृत्य हुन थाले । त्यही समाजमा कसरी मानव सभ्य, सुशील, सवलांग बनाउने विद्वान–विदुशीहरूको पनि जन्म भयो । तिनीहरूले अनेकौं अनुसन्धानमूलक खोज गर्दा सामूहिक यौनबाट सन्तान उत्पादनमा रोक लगाएर हाडनातामा यौन क्रिया नगर्ने, एकनिष्ट विवाह गर्ने विधि बनाए । त्यो समयमा मानिसहरू सन्तान धेरै नहुँदा सात पुस्तापछि आफ्नो हाड नाताभित्र पनि विवाह गर्ने थिति बसाल्न पुगे । शुरुका मानिसहरू प्राकृतिक रूपले खानपिन गर्ने भएकोले आजका जस्ता यौनभोगी पनि हुँदैनथे । निश्चित यौन प्रजनन् सन्तान जन्माउने समय आएपछि मात्र यौन सम्पर्क गर्दथे ।
समाज विकाससँगै मानिसले खानपान गरिष्ट भोजनहरू गर्दै जाँदा आफ्नै हाडनाता गुरुआमा, आमा, अरु नजिकका नाता पर्नेमा पनि यौन सम्पर्क गरेकोले धार्मिक नियम बनाउन पुगे । मानिसहरूलाई न्याय–निसाफ, शान्ति गर्ने भनि छानिएका पुरुष रखवाले हुँदा निरंकुश राजा बन्न युवाहरू दस्ता तयार गरी महिलाको समान अधिकार खोस्न पुगे । तिनै निरंकुश सामन्तहरूले एउटै धर्मभित्र पनि जातजाती, उचनिच, छुवाछुत गरी दासदासी समेत उत्पादन गरे । राजाहरूले जति पनि रानी राख्न पाउने नियम बनाएपछि बहुपति प्रथा लागू गरिएको हो । पुरोहितहरूले त नौ वर्षकी बालिका विवाह गरी बलात्कारको अधिकार प्राप्त गरे । निरंकुश सामन्तवादी दास र कृषि युगमा महिलामाथि ठूलो दमन र यौन हिंसा गरेको पाइन्छ । हाम्रो मुलुकमा अहिले जति पनि महिला हिंसाका घटना भएका छन् ति हिजो पनि हुन्थ्यो तर ति बाहिर आउन पाउँदैनथे । मिडिया पनि खुला थिएन । घरगाउँ, सहरदरबार, सत्ताभित्र थामथुम पारिन्थे । अर्को आजको जस्तो महिलाहरूलाई शिक्षा दिने अधिकारबाट वञ्चित गरेको थियो । पञ्चायतकालको पोखरा जघन्य अनिता–सुनिताको बलात्कारपछि हत्यामा दरबारका राजकुमारको हात भएकोले अपराधि पत्ता लगाउन नसकिएको घटना प्रतिक रूपमा नेपाली मस्तिष्क रहेको
छ । अहिले पनि हाम्रो समाज सामन्ती निरंकुश सत्ताको भयमा यदाकदा महिला बलात्कार, हत्या, हिंसा देशका विभिन्न भागमा भइरहेका छन् ।
सामन्तवादले नै पुरुषप्रधान संस्कृति मौलाएको हो । राजाहरूको मृत्युमा उनका रानीहरू सती जानुपर्नेसमेत प्रथा चलाए । प्रायः यो संस्कृति संसारभरका सबै मुलुकहरूमा थियो । दरबारमा यौनजन्य जबरजस्ती घटना हुन्थे त्यही संस्कार अहिले पनि हाम्रो समाज पारिवारिक पुरुषहरूबाट कहीं छोरीचेलीहरूमा समेत भइरहेका छन् । छोरा, दाई, भाई परदेश भएको मौकामा बुहारी, भाउजु समेतमा घरका पुरुषबाट यौन घटनाहरूबाट सन्तान उत्पादन हुँदा सन्तान मार्ने, छोडपत्र गर्ने, बद्नाम हुन्छ भनि लुकाएर राखेको यो स्तम्भकारले देखेको छ ।
यी र यस्तै प्रकारका घटना भइरहँदा र सामान्तवाद विरुद्ध जनशासन स्थापित गराउन पश्चिमा मुलुकहरू नै पहिलो सशस्त्र निशस्त्र क्रान्तिमा उठ्न पुगेका थिए । निरंकुशतन्त्रको स्थापना गरी जनशासन चलाउँदा त्यसबाट पनि अनेकौं प्रकारले पूँजी संकलन गर्ने तानाशाह बन्न थालेपछि समाजवादी चिन्तकहरूको जन्म भयो उनीहरूले समाजवादी शासन सञ्चालन स्थापित गरे । महिलाहरूले पनि पुरुष विरुद्ध समान अधिकार लिन कहीं सशस्त्र–निशस्त्र डाडुपन्यू आन्दोलनसमेत गरेका थिए । युरोपदेखि पश्चिमी देशहरू यौन स्वतन्त्रताको उपभोग गर्दा विवाह गर्न नचाहनेहरूलाई समेत अधिकार दिँदा ‘रेड लाइट यरिया’हरू खोलिएका छन् । आज आएर ती मुलुकहरूमा महिला यौनहिंसा र हत्या भएको प्रायः खबर सुनिदैन । जबरजस्ती यौन क्रिया गर्न खोजे कठोर कानुनी प्रक्रिया स्थापित गरिएको छ । भर्खरै बेलायतमा एक जना संसदले महिला पत्रकारलाई यौन आसयले हात समातेको मुद्दा उठेपछि पदबाट राजीनामा गरेका छन् । हाम्रा जस्ता अल्पविकशित मुलुकहरूमा महिलाले शिक्षा नलिन पाउने, बुर्का, पर्दा भित्र बस्नुपर्ने राजनैतिक बन्धन छन् । भित्र अनेकौं यौनजन्य अपराध गर्ने र बाहिर आउँदा सुकिलो भएर आउने ढोंगी चलन अन्त्य गर्न यौन स्वतन्त्रताका मुद्दा उठाउनुपर्ने आवाजहरू उठिरहेका छन् ।
यस्तो मुद्दा उठाउँदा यौन स्वतन्त्रता भएका हाम्रा जस्ता मुलुकमा भनिन्छ, हाडनाता, छोरी–बहिनी तर त्यस्ता मुलुक भनिदैन । पश्चिममा यस्ता छाडा यौन हुँदैन । पाठ्यक्रममा नै हाडनातादेखि विवाह, यौन स्वतन्त्रता, यौनसाथी बनाउन पाउने खुला अध्ययन हुन्छ । हाम्रो जस्तो दैनिक नयाँ–नयाँ यौनसाथी खोज्दै गर्ने पुरुष–महिला हुँदैनन् । यौनसाथी खोज्न र बनाउन नसक्नेहरू यौन तृप्ती मेटाउन रेडलाइट एरियातिर जान्छन् । यौनमा संलग्न हुन प्रत्यक्ष रूपले सोध्न महिला–पुरुष अधिकार राख्दछन् । हाम्रो जस्तो महिनावारी वार्ने अनि छाउगोठमा राख्ने त्यहीँ गएर एकान्तमा बलात्कार गर्ने संस्कार अन्त्य भएको छ । यौन उत्सुकता जागेपछि षड्यन्त्र मुलक तरिकाले एकान्तमा लिएर सामूहिक बलात्कार गरी निर्मला पन्त जस्ता कैयौं महिलाहरू मारिएका छन् । उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । रक्षा गर्ने शासकहरू नै भक्षक छन् । आफनै सहकर्मी प्रहरी महिला सुन्तली धामीमाथि सामूहिक बलात्कार, डीआइजी रन्जन कोइरालाले अर्की श्रीमतीको साथ लिएर समेत आफ्नै श्रीमतीलाई जघन्य तरिकाले हत्या गरी जंगलमा फ्याँकिनु निर्मला पन्तको पनि त्यही भएर सुरक्षासँग अडिएको आशंका उठेको छ ।
हिंसा गर्ने व्यक्तिबाट नै क्षतिपूर्ति दिलाउनुपर्छ । अब यस्ता अपराधमा राज्यको ढुकुटी बाँडेर हुँदैन । अपराध हुन नदिन यौन स्वतन्त्रताको बहस खुला गराउने हो
कि ? गतिशील संसारमा सधैं मानव समाज एउटै विन्दुमा रहिरहन्छ भन्ने सोच पुरातनवादी हो । यदि एउटै विन्दुमा सधैं समाज रहने भए राजनैतिक, धार्मिक, सांस्कृतिक परिवर्तन नयाँ सिद्धान्त किन आउँथे ? विज्ञाले नयाँ–नयाँ खोजले मानव कति सुविधासम्पन्न अवस्थामा पुगिसक्यो । एक पलभरमा हजारौं, लाखौं माइलको दुरीमा आफन्तसँग तस्बिरमा कुरा गरिरहेका छन् । घटनाक्रमहरू सुनिरहेका छन् । यस्तो युगमा यौन खुल्ला नगरी राख्दा निर्मला पन्तजस्ता चेलीहरू बलात्कार भएर हत्यामा परिणन हुन्छन् भने महिला हिंसा रोक्न यौन स्वतन्त्रताको बहस किन नचलाउने ? सत्तामा रहेका राजनैतिक दललाई यही विन्दुबाट ओझेल पार्न सकिन्छ भन्ने सोच हटाएर नीति नियम बनाएर महिला हिंसा रोक्न लागे कसो होला ?

प्रकाशित मितिः   ८ आश्विन २०७५, सोमबार १५:४६