मोतिराम भट्टको योगदान
डा.दिपक गौतम
वि.सं. १९२३ साल भाद्र २५ गतेका दिन काठमाडौंको भट्ट ब्राह्मण परिवारमा जन्मिएर वि.स. १९५३ सालमा कृष्ण औंसी तिथीका दिन सदाका लागि बिदा भएका मातिराम भट्ट बहुमुखी प्रतिभा सम्पन्न विभुति हुन् । पाँच वर्षकै उमेरवयमा बनारस गइ उर्दु, हिन्दी भाषा सिकेर पन्ध्र वर्षमा काठमाडौं फर्किए लगत्तै बनासरमा नै गइ अंग्रेजी सिकेका भट्टले नेपाली साहित्यलाई एक दर्जनभन्दा बढी विभिन्न विधाका कृतिहरू दिएका छन् ।
१४ वर्षकै उमेरदेखि भट्ट आफूसहित नरदेव पाण्डे, गोपीनाथ लोहनी, राजीवलोचन जोशी सम्मिलित माति मण्डली र पछि काठमाडौंमा पनि लामदत्त पन्तसहित माति मण्डली खोलेर सानै उमेरदेखि मण्डलीको नेतृत्वमात्र गरेनन्, समूहमा कविता लेख्न, सुनाउन, समीक्षा गर्न, साहित्यिक वातावरण बनाएर मŒवपूर्ण योगदान गरेको छन् । भट्टको अर्को उल्लेख्य योगदानका रूपमा समस्यापूर्ति लेखन अभियान नेपाली साहित्यका लागि अविस्मरणीय घटना बनेको छ । पद्य शैलीमा र सवालजवाफ शैलीमा कविता रचना गर्नु समस्यापूर्ति शैली हो । यस परम्पराको पनि भट्टद्धारा नै नेतृत्व थियो र सबैभन्दा भट्ट उम्दा थिए, प्रतिनिधि थिए र सुर, ताल र दिशा दिए ।
नेपालको सबैभन्दा पहिले अंग्रेजी पढेका भनिएका भट्टले तत्कालीन अनुवाद रूपान्तरणको साहित्य लेखनको, कविता लेखनको मूल प्रवृत्तिलाई सामाजिक विषयद्वारा मौलिकता ,नविनताको स्थापना गरी मातिराम युगको आरम्भ गरे । श्रृंगारिकता भट्टकै मूल योगदान हो । यसरी नै भट्टले यसअघिको लेखोटे युगलाई रामायणको बालकाण्ड (२०४१) छपाएर माध्यमिक काल अर्थान् मुद्रण–प्रकाशनको कालमा रूपान्तरित गरेर नविर्सने गुणछाप लगाएका छन् । गजल छन्दको आमन्त्रण प्रयोग र परीक्षणका लागि भट्टले फारसी छन्दलाई नेपाली माटो लगाइदिएर आजको गजल जगत्को मजबुद जग बसाल्ने स्तुत्य काम गरेका छन् । यसले आजका हजारौं युवाहरूलाई त्यस दिशामा निर्देशन गरेको छ ।
भट्टले नेपाली भाषालाई मजबुत बनाउन अन्य भाषामा शब्दहरूको अनुवाद पनि गरेका छन् । उनले हिन्दी, उर्दु, फारसी, अंग्रेजी नेपाली झर्रा शब्दहरूको माधुर्यपूर्ण प्रयोग गरेका छन् । ‘पिकदूत’ भट्टको उत्कृष्ट नमुना प्रतिनिधि कृति हो । उनले कविता, नाटक, कथा, जीवनी, शब्दकोश लेखेर नेपाली, भाषा साहित्यलाई समृद्ध बनाउने काम गरेका छन् । भट्ट नभएको भए रामायण र भानुभक्त नेपाली सहित्य आकाशबाट ओझल पर्नसक्थे । मातिरामले रामायण खोज्ने, प्रकाशन गर्ने, वाचन गर्ने र समीक्षा गर्ने काम पनि गरेका छन् । भानुभक्त आचार्यको जीवनी लेखेर भानुलाई मात्र चिनाएनन् उनले जीवनीपरक समालोचना लेख्ने, खोज्ने, स्थापित गर्ने परम्पराको थालनी गरेर अनुज समालोचकलाई प्रभावित पारेका छन् । आजको नेपाली समालोचना जगत्मा यस प्रकारको तत्परता भट्टकै योगदान स्वरूप हो ।
भट्टले ‘कविताको सर्जाम’ भन्ने पुस्तकमा कविताका तत्वहरू, ‘अनुपरास मञ्जरी’मा अनुप्रासका बारेमा र ‘चिनिएका उखानको बखान’मा उखानहरूको संकलन, प्रयोग र अभ्यासको उज्वल कार्य गर्ने काम गरेका छन् । विषय विविधता, विधागत सचेतना, आध्यत्मिक वैचारिकताका साथ नेपाली साहित्यको उज्वल दिशा दिने काम गरे । संगीत चन्द्रोदय सूक्तिसिन्धु, पिकदुत माध्यमिक कालका प्रतिनिधि पुस्तकहरू भट्टकै योगदान हुन् । श्लेष अलंकार प्रयोगमा भट्ट सफल देखिएका छन् भने शास्त्रीय वर्णमात्रिक छन्द प्रयोगमा पनि सफल छन् । हाँस्यव्यंग्य शैली उनको सफल प्राप्ती हो भने शब्दहरूमा सांगीतिकता र शास्त्रीय छन्दको प्रयोगले उनको भाषालाई मिठो बनाएको छ । सहर, भट्टको विषय वर्णनको पक्ष हो भने युवा–युवतीमा देखिने माया, प्रेम, हाँसी मजाक, वार्ता वैंशलाई शिष्ट तरिकाले प्रतिविम्बन दिनु भट्टको विशिष्टता हो । भट्टले परलौकि विश्व दृष्टिकोण बनाएर पनि देशभक्ति, समाज सेवा, परोपकारमा उदारता देखाएका छन् ।
समाजमा चिनिएका उखानको व्याख्या र कविताका सामग्रीका विषयलाई नेपाली साहित्यमा पहिलोपटक उल्लेख गर्ने पनि भट्ट नै हुन् । यस कारण भट्ट आधुनिक नेपाली शब्दकोशका सर्जक पनि हुन् । भट्ट कथाकार पनि थिए भन्ने कुरा कमैलाई थाहा छ । यति हुँदा हुँदै पनि भट्ट मूलतः कवि हुन् । पिकदुत भट्टको प्रतिनिधि काव्य हो । गजल उनको सर्वोच्च प्राप्ती हो । उनी मातिराम युगका प्रवर्तक नेता र नेतृत्व हुन् । उनी प्रकाशन युगका प्रवर्तक हुन् । गजल लेखन थालनीकर्ता, प्रेरक र उत्थानकर्ता हुन् । उनको देशभक्ति, भक्तिराधाबाट श्रृंगारिक धारा निरन्तरित छ । बैंसले भरिपूर्ण युवा–युवतीको भावभंगी, माया, प्रेम, सुन्दरता, हिस्सी, मिलन–विछोड वर्णनबाट भट्ट सबैभन्दा बढी खुलेका कारण भट्ट श्रृंगारिक धाराका गजलकार हुन् । यसर्थ श्रृंगारिक धारा भट्टको मूल धारा हो र यही धारा मातिराज युगको नेतृत्वदायी धारा बनेको छ । वियोग र संयोगमा श्रृंगार रस बढ्ता छचल्किएको हो ।
भट्टले अल्पायुमै गरेका योगदानको अर्को साहित्यिक धर्म, मौलिकता हो । भट्टअघिको नेपाली साहित्य अनुवादको साहित्य हो । भट्टले नेपाली तत्कालीन समाजलाई कविताको विषय बनाएर मौलिक स्वरूप दिए । यसकारण भट्ट मौलिक कवि पनि हुन् । उनका वर्णयान्त्रिक छन्दहरू मिठा र रसिला छन् । फारसी छन्दमा गजल भनेको मिठासपूर्ण सौन्दर्य गीत हो । यही छन्दलाई भट्टले नेपाली प्रवेश दिए, समकालीनहरूलाई लगाए, त्यसको प्रभाव सबैभन्दा बढी समकालीन नेपाली समाजका युवाहरूलाई परेको छ र गजलमय नेपाली साहित्य देखिएको छ । भाषिक दृष्टिबाट भट्टले बादरा, फाल लगायत थुप्रै उर्दु, फारसी, नेपाली, अंग्रेजी नेपाली स्रोतका शब्दहरू प्रयोग गर्ने चलन बसालेको छन् । भाषाशैलीका दृष्टिबाट उनी सरल, सहज, सौन्दर्ययुक्त छन् । उत्थानप्राप्त अलंकार, श्लेषार्थक भट्टका थप प्रवृत्तिहरू बनेका छन् । अनुप्रास मञ्जरी कोशले भट्टलाई यही सावित गर्छ र भट्टले भानुभक्तकालीन कथ्यभाषाको प्रयोगप्रियतालाई जीवन्तता दिएकाले चम्किलो किरण जस्ता कथ्य भाषाको प्रयोग पनि छ । भट्टका मूल प्रवृत्ति भने शिष्ट श्रृंगारिक धारा हो । उनी विप्रलम्म र संयोग श्रृंगार शैली प्रयोगकर्ता हुन् । पिकदुत खण्डकाव्यमा विप्रलम्म शृंगार प्रयोग छ ।
आजका वैचारिक या राजकीय साहित्यिक संगठनहरू भट्टकै मातियकालका अनुज संस्थाहरू हुन् । समूहमा साहित्य लेख्ने, धेरै अग्रसर बनाउने, समस्यापरक कविता लेख्ने, समक्षा गर्ने, सुनाउने स्वयम् समीक्षण र समीक्षा गर्ने र पु¥याउने पारिपाटी भट्ट नेतृत्व मण्डलीबाट भएको हो । नेपाली साहित्य जगत सर्वप्रथम मातिप्रवृत्तिबाटै भएको हो । नेपालभित्र र बाहिर यस्ता संस्थाहरू सैयौं छन् र मण्डल माति मण्डलकै सनातनीलाई पछ्याइरहेका छन् । यसकारण भट्ट केन्द्रीय व्यक्ति हुन् । व्यक्तित्व भएका व्यक्ति हुन् । भट्टले सामूहिकतामा असिम शक्ति हुन्छ भन्ने धारणा लिएकै कारण काठमाडौं र बनारसमा दुईटा मण्डली खोलेका होलान् । फेरि भट्ट धार्मिक व्यक्ति थिए । रामायणलाई सार्वजनिक गर्नुले भट्टलाई मूलतः धार्मिक व्यक्तित्व भन्न मात्र सकिंदैन अन्य कृतिहरू पृथक स्रोत पनि धर्म नै छ ।
तत्कालीन काठमाडौंको समाजको प्रचलन अनुसार पाँच वर्षकै उमेरमा बनारस पुगेर पन्ध्र वर्षसम्मको समयावधिमा भट्टले संस्कृत, पर्सियाली र गृहसहर फर्किएर तत्कालै बनासर गएर अध्ययन गरेकाले भट्टलाई पहिलो अंग्रेजी भाषा जानेको नेपाली कवि साहित्यकारका रूपमा पनि हेरिदै छ । पन्ध्र–सोह्र वर्षको उमेरमै भट्टले समस्यापूर्ति र सर्वथा नौला परम्पराको प्रारम्भ, विकास र गति दिएर गुणिलो काम गरेका छन् । यतिमात्र हैन भट्टले बनारसकै बसाइँकालमा भारतजीवन भन्ने छायाँखानाबाट भानुभक्तको बालकाण्ड लगायत अन्य काण्ड छपाएर नेपाली साहित्यिक वातावरणको निर्माण मात्र गरेनन् यही प्रस्तुत काण्डको प्रकाशन गरी लेखोट युगलाई प्रकाशन युगमा ल्याएका हुन् । मध्यकालमै बहुचर्चित भट्टले कविता, नाटक, समालोचना, शब्दकोश लेखनद्वारा आफूलाई बहुप्रतिभा सम्पन्न बनाएका छन् ।
साझा बिसौनी ।