नेपालमा रेडक्रस र यसको महत्व

टुकाराम लामिछाने
नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । महामानव जाँ हेनरी ड्युनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गरे । अन्तर्राष्ट्रिय रेडक्रस आज विश्वका एक सय ९० राष्ट्रमा फैलिरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रस स्थापनाको ठीक एक सय वर्ष पछाडि वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएको थियो । मानवीय सेवाको ५० वर्षसम्मको यात्रा तय गर्दा धेरै अनुभवहरू, सिकाइहरूलाई आत्मसात् गर्दै चुनौतीहरूलाई अवसरमा बदल्दै भविश्यका लागि उपयुक्त मार्गदर्शन निर्धारण गर्न नेपाल रेडक्रस सोसाइटी सफल भएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रसको पृष्ठभूमिलाई नियाल्दा अभियानका संस्थापक हेनरी ड्यूना सन् १८५९ मा व्यवसायको शिलशिलामा नेपोलियन तृतीयलाई भेट्न इटालीको सल्फेरिनो भन्ने ठाउँमा पुगे । त्यहाँ अस्ट्रिया, फ्रान्स एकातिर र अर्कोतिर इटलीका सेनाहरूबीच युद्ध लडिरहेका थिए । नेपोलियनले उक्त लडाइँको नेतृत्वको भूमिका निभाइरहँदा चित्कार, छटपटी र शक्तिशाली सिपाइहरूबाट अपहेलित व्यवहारका कारणले बढेको मानवीय पीडा र बेदना सहन नसकी स्थानीय महिलाहरूको सहयोगमा घाइते सिपाइहरूलाई प्राथमिक उपचार गर्न लागे । त्यसपछि उनको मस्तिष्कमा धन, सम्पती, व्यापार, सुख सुविधा सबै बिर्सेर यस संकटतिर उन्मूख विश्वलाई केही योगदान दिनुपर्छ भन्ने भावना र जोसका साथ ई.सं. १८६३ अक्टोवर २० मा अन्तर्राष्ट्रिय रेडक्रसको स्थापना गरे ।
रेडक्रस अन्य गैरसरकारी संस्था भन्दा भिन्न प्रकृतिको गतिविधिबाट सञ्चालन भइरहेको छ । अन्य संघ–संस्थाको कार्यक्षेत्र तीनिहरूको विधान र संस्था दर्ता ऐन बमोजिम हुन्छ भने नेपाल रेडक्रसको कार्यक्षेत्र संस्थाको विधान रणनीति जेनेभा महासन्धी बमोजिम हुन्छ । यसको कार्यक्षेत्र शान्तिकालमा सामुदायिक विकास र युद्द वा द्वन्द्वमा तटस्थ निष्पक्ष भएर मानवीय सेवा गर्नु हो ।
रेडक्रस अभियानका सात सिद्दान्तहरू मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकता रहेका छन् । रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई विना भेदभाव सहयोग पु¥याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेडक्रस मानवीय विपत्तीलाई कम गर्न प्रयत्नशील रहन्छ । रेडक्रसले राष्ट्रियता, जाति, धर्म, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । रेडक्रस अभियानले सम्बन्धित राष्ट्रको ऐन कानुन पालना गरी मानवीय सेवा कार्यमा सदैव सहयोग गर्दछ । नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपद्हरूबाट क्षति कम गर्न विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । रेडक्रसले विपद् पूर्वतयारी स्वरूप विभिन्न स्तरका तालिम दिनुका साथै समुदायस्तरका स्वयम सेवकहरू उत्पादन गरी उपशाखामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । हरेक जिल्लामा विपद् राहतकोष स्थापना गरी राहत सामग्रीको व्यवस्था, उद्दार तथा राहत सामग्रीको पूर्व तयारी गरिएको हुन्छ । आफ्नो क्षेत्रमा पर्ने विपत्तिहरूमा उपशाखाका तालिम प्राप्त स्वयम्सेवकहरूले पहिलो उद्दारकर्ताको रूपमा सेवा पु¥याइ थप राहतका लागि जिल्ला शाखामा सिफारिस गर्ने गरेका छन् ।
केही वर्ष अगाडिदेखि नेपाल रेडक्रसले सेवा र विकासमूलक गरी दुवै प्रकारका सेवाहरू गर्दै आइरहेको छ । एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, मोतियाबिन्दुको अप्रेशन लगायतका आकस्मिक सेवाहरू प्रदान गरेको छ भने समुदायमा आधारित आँखा अस्पताल, खानेपानी, आधारभूत स्वास्थ्य हेरचाहा, शरणार्थी व्यवस्थापन, महिला सशक्तीकरण, समुदायको क्षमता अभिवृद्धि, एचआइभी र एड्स रोकथाम, मानवीय मूल्यको प्रदर्शन, सरसफाइ, दुव्र्यसन लगायत विभिन्न गतिविधिहरूमार्फत् सरकारको विकास निर्माणमा सामुदायिक विकास कार्यक्रम सुरू गरेको छ ।
नेपाल रेडक्रसको आफ्नै विधान र नीति नियमहरू छन् । ७५ वटै जिल्लामा जिल्ला शाखा स्थापना भइसकेका छन् । नेपाल रेडक्रसको केन्द्रमा केन्द्रीय सभा, (केन्द्रीय कार्यसमिति ) जिल्लामा जिल्ला सभा (जिल्ला कार्यसमिति) र उपशाखाको मातहतमा रहने गरी विद्यालस्तरमा जुनियर युवा सर्कल, र उच्च माविमा युवा सर्कलका साथै सहयोग समिति गरी तीन किसिमका संगठनात्मक स्वरूप रहेका छन् । विश्वको सबै भन्दा ठूलो मानवीय सञ्जाल भएको सामाजिक संस्था जसमा एक करोड ७० लाख सक्रिय स्वयमसेवक आवद्ध रहेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी ) र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले मानवीय संकटमा काम गरिरहेका छन् । प्रकोप विना जानकारी आउने भएको हुँदा रेडक्रसका लागि महŒवपूर्ण विषय सञ्चार प्राकृतिक प्रकोप, मानव सृजित प्रकोप, भूकम्प, आगजनी, युद्द, सशस्त्र संघर्ष, महामारी लगायत विभिन्न प्रकोपमा सरोकारवाला निकायहरू समुदाय, सरकारी निकाय, गैरसरकारी निकाय तथा पत्रकार लगायत अन्य पक्षसँग प्रभावकारी सञ्चार या सम्पर्कमा रहन सकेमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुग्दछ । जस्तै २०७२ सालको विनाशकारी भूकम्प र परकम्पबाट सुरक्षित हुन के कस्ता व्यवहार अपनाउनु पर्दछ र तत्काल फैलिन सक्ने सरूवा रोगबाट कसरी बच्ने, असक्त या बालबालिका माथि हुने दुव्र्यवहारबाट कसरी बच्ने, बिछोड भएका आफन्तहरूसँग कसरी जानकारी लिने, रेडक्रस चिन्हको सदुपयोगको बारेमा, सुरक्षा सम्बन्धी जानकारी लगायत विभिन्न कुराहरूमा रेडक्रसले जनचेतना फैलाएको हुन्छ । रेडक्रसका सिद्दान्त र मानवीय कानुनको व्याख्या गर्दै आज हरेक देशका राष्ट्रिय सोसाइटी परिस्कृत र परिमार्जित भएका छन् । सबै सम्प्रदायको भावनालाई आत्मसम्मान गर्दै विभिन्न नाम र पद्दतिबाट एउटै उद्देश्यका साथ मानवीय सेवा नामले रेडक्रस परिचित रहेको छ । मानवले मानवीय व्यवहार गर्न नसक्दा विश्वमा बढ्दै गएको अशान्तिलाई शान्तिमा परिणत गराउन रेडक्रसकर्मीहरू क्रियाशील रहेका छन् ।
(लेखक नेपाल रेडक्रस सोसाइटी उपशाखा
वीरेन्द्रनगर सुर्खेतका पूर्व सभापति हुन् ।)

प्रकाशित मितिः   १९ भाद्र २०७५, मंगलवार १७:५७