फरेव

क्रान्ती शर्मा

मानव संभावनाको रेखांकन हामीले गर्न थाल्यौं भने युग बित्छ । किनकी हरेक युगले नयाँ मानवको स्वरूप चाहन्छ । चाहे द्वापरयुग होस्, चाहे सत्ययुग र कलियुग यी हरेक युगहरूमा पृथक स्वभाव, अनुभूति, प्रकृतिका मानवहरू जन्मिएका छन् । हुर्किएका छन्, बाँचेका छन् र अझ युग बदलिदै जाने छ, मानव पनि बदलिदै जानेछ ।
युगहरूले हामीलाई अनेकौं कुरा सिकाएका छौं । सत्ययुगहरूले हामीलाई सत्य बोल्नुपर्छ र जे बोलिन्छ त्यही प्राप्त हुन्छ भन्ने छ । र द्वापर युगमा प्रेम, सम्बन्ध, सकारात्मकलाई करी निभाउने त्यो सिकाउँछ ।
हामी कलियुगका मानव हौं । हामीले जे गर्छौं त्यो सही भएता पनि गलत बन्न सक्ने सम्भावना बढी हुन्छ र गलत भए पनि त्यो सही मानिने सम्भावना पनि बढी हुन्छ । मानव जति यस्तो विरोधभात्र पक्ष हो । जसले जे चाहन्छ त्यो गर्छ नै भन्ने छैन ऊ जे हो त्यो नहुन पनि सक्छ ।
अचेल हर मानिसका एक न एक फरेव हुन्छ नै । यहाँ सम्बन्धका नाममा फरेव चल्छ । प्रेमका नाममा फरेव हुन्छ नै । यहाँ मानिसमा एक न एक फरेव हुन्छ नै । यहाँ सम्बन्धका नाममा फरेव चल्छ । प्रेमका नाममा फरेव चल्छ । परिवारका नाममा चल्छ ।
वर्तमानमा हामी युवा अवस्थामा छौं । हामी युवा अवस्थामा छौं । हामीमा बहुत धेरै दोधार हुनेगर्दछन् । अचेल जमात प्रेमका नाममै बद्नाम छ । प्रेमकै कारण खुशी छ, प्रेमकै कारण दुखी छ । प्रेमकै कारण आत्महत्यासम्म पुग्छ । घरपरिवारका विरुद्ध हुन्छ । समाजका विरुद्ध हुन्छ । संसारकै विरुद्ध भैदिन्छ । तर अन्त्यमा सव बकवास बनाइदिन्छ । प्रेममा विछोड नै जिन्दगीको एक घर पनि भैदिन्छ र त्यही एक जीत पनि भइदिन्छ ।
सामाजिक संस्कृतिका विवाह एक जन्मन्त बन्धन मानिथ्यो तर अचेल त्यो बन्धनलाई जोड्ने र तोड्ने कुनै अवरोध छैन । परिवार पनि स्वतन्त्रता बढी चाहने र एक्लोपनमा रमाउने खालको प्रकृति पनि विद्यमान नै भइसकेको छ । मानव–मानव बीचमा अविश्वासका खाडलहरू बढी छन् । स्वार्थीपनले हर कोहीलाई छोएको छ । मान्छेहरूले हर सम्बन्ध, प्रेम परिवारमा पनि स्वार्थीपनको आचरण चलाउँछन् ।
मान्छेहरू भन्ने गर्छन् । कलियुग यस्तै हो । को सही गलतको फरेव भन्ने जान्न बहुत मुस्किल हुन्छ । सकारात्मकताको कमीले पनि मानवीय जीवनलाई कष्ठपूर्ण बनाइरहेको छ । हामीले आफैलाई आफै दुखाउन पछि पर्दैनौं ।
मानिसका नाममा हुने फरेवनै आजको विकराल समस्या हो । समस्याले कतैलाई पनि फाइदा पुग्दैन । यसले त घाटा मात्रै पु¥याउने गर्दछ ।
अन्ततः मानवीय जीवनमा कठिनाइता आउँछ, समस्या आउँछ, बिसंगति निम्त्याउँछ जे–जस्तो हुन्छ त्यो सोच र युगले मात्रै परिवर्तन गर्न सक्दछ । त्यसैले युग र मानिस परिवर्तनशील हुन्छन् ।