बचपनदेखि नै कलाकारितामा

ज्ञानबहादुर नेपाली सुर्खेती कलाकारितामा चिनाइरहनुपर्ने नाम होइन । उनी बाँसुरी बाधकको रूपमा प्रख्यात छन् । वि.सं. २०२७ साल मंसिर १९ गते वीरेन्द्रनगर–८, ईत्राम सुर्खेतमा बुबा चन्द्रबहादुर नेपाली र आमा रत्नकुमारी नेपालीको कोखबाट जन्मिएका उनले वि.सं. २०४९ सालबाट रेडिया नेपालमा रेकर्ड हुने गीतमा बाँसुरको धुन दिए । बाँसुरीलाई प्रमुख विधा बनाएका उनी संगीत प्रशिक्षक पनि हुन् । बागीना समूहको संस्थापक सदस्य समेत रहेका नेपालीले आफ्नो बाल्यकालको सम्झना साझा बिसौनी सहकर्मी मुना हमालसँग यसरी खोलेः

मेरो जन्म एउटा समान्य परिवार भएको हो । खेती किसानी मुख्य पेसा थियो । म घरको जेठो छोरा । बाल्यकामा म अलि चञ्चले स्वभावको थिएँ । मैले कक्षा १ मा नेपाल राष्ट्रिय माद्यमिक विद्यालय डाँडास्कुलमा पढें । डाँडास्कुलमा १ कक्षा पढे पनि श्रीकृष्ण संस्कृत तथा साधारण माद्यमिक विद्यालय ईत्राममा पुनः कक्षा १ देखि नै पढेको हुँ ।
सानैदेखि मेरो गीत संगीतमा रुचि थियो । नृत्य गर्ने, गीत गाउने र बाँसुरी बजाउने बढी रुचि भएकाले गाउँघरमा हुने रमाइला कार्यक्रममा सहभागी भइरहन्थें । विद्यालयमा हुने सांस्कृति कार्यक्रममा सहभागी भइरन्थें । शिक्षिका सुधा रेग्मीको प्रेरणा पनि मिलेको थियो । स्काउटबाट पनि विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थें ।
बाल्यकालमा मेरो अर्को साथी रेडियो पनि हुन्थ्यो । त्यतिबेलामा मोबाइलमा यसरी रेडियो सुन्न पाइदैन्थ्यो । पानासोनिक रेडियो थियो । मैले घाँटीमा झुण्डाएर गीत सुनिरहन्थे । त्यसबेलामा नारायण गोपालल गायतले गाएका गीतहरू साह्रै राम्रो लाग्थ्यो । आफै गीत गुनगुनाउँदै हिँड्थें । गीत गाउँदा ठूलो आवाज आउँदैन्थ्यो ।
पानी ल्याउनका लागि प्रयोग गरिने पितलको डल्लोे भाडो थियो घरमा । म त्यहीभित्र टाउको छिराएर ठूलो स्वरले गीत गाउँथे । घरदेखि अलि टाढा धारा थियो । गाउँभरीका सबैले त्यही धाराबाट पानी ल्याउँथे । घरको काम मध्ये मैले पानी ल्याउने काम पनि हुन्थ्यो । एक दिन पानी लिन जाने बेलामा टाउको भाँडामा छिराएर गीत गाउँदै हिँडेको थिएँ । त्यो भाँडा टाउँकोमा नै अड्कियो । रोएँ–कराएँ । पछि थाहा पाएर पानी लिन आएका छिमेकीले निकालिदिए ।
घाँस दाउँरा काट्न कहिल काहीं जंगल जान्थ्यौं । बाँस ल्याएर बासुरी बनाउने पनि गरिन्थ्या । म प्रायः स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा नछुटाइ सहभागी हुन्थें । कसैले गित गायो भने सुनिरहन रमाइलो लाग्थ्यो । ईत्रामको गुरुङचौक नजिकै मनबहादुर गाहको घर थियो । आंगनमा बसेर उहाँले ‘सिंकी झोलै झोल, म त बैरागी जान्छु खोलैखोल’ भन्ने गीतमा चन्द्रबहादर रामजाली र मनबहादुर गुरुङ नाँचेको सम्झना आउँछ । नाटक पनि हेर्न मन पथ्र्यो । एक पटक जन माद्यमिक विद्यालयमा ‘प्रेमको हतकडी’ भन्ने नाटक लुकेर हेरेको सम्झना पनि छ । टिकट काट्नुपर्ने अनि लुकेर हे¥यौं ।
बाल्यकालमा घरका काम पनि गर्नुपथ्र्यो । हामीले विद्यालयमा पढाइ बाहेक घरमा काम पनि गर्नुपथ्र्यो । अहिलेको जसो मिलहरू धेरै हुँदैनथे । गहुँ–मकै सबै घट्टमा पिस्न लैजानु पर्ने हुन्थ्यो । ईत्राम माथि बैरागी काइलाको घट्ट थियो । हामी केटाकेटीहरू प्राय घट्ट जाने गथ्र्यौं । इत्राम खोला तरेर जानुपथ्र्यो । बर्षातको समयमा धेरै नै गाह्रो हुन्थ्यो । एक दिन घट्टबाट पीठो लिएर आउने बेलामा खोलाले बगायो । पछि एक जनाले छोपिदिनुभयो र घर ल्याएर आएँ ।
कहिले काहीं आमाले घरमा खाना चुल्होलमा लगाएर जानुहुन्थ्यो । अनि मलाई हेर्न भन्नुहुन्थ्यो । एक दिन भात हेर्नु भनेर आमा पानी लिन जानुभयो । मैले आमा नआउन्जेल चुल्होको नजिक बसेर हेरिरहें । भात त डढिसकेछ । आमा आएपछि हेर्दा त भात डढिसकेको । अहिले सम्झदा एक्लै पनि मुस्कुराउने गर्छु ।
मामाको घर नजिकै थियो । गाईबाख्रा हुन्थे । कहिले काहीं गाइगोठालो पनि जान्थ्यौं । खोर्के खोला, इत्राम खोला तिर गाइबाख्रा चराउन जान्थ्यौं । कहिलेकाँही साथीहरू खेल्दाखेल्दै गाईबाख्राले अरुको बालि खाइदिन जान्थे । आफ्ना गाइबाख्रा नगएपनि साथीहरूलाई बचाउन मेरा हुन भनेर आफै गालि खान्थें ।
बाल्यकालमा भुलहरू पनि भए । छिमेकीको काँक्रा धेरै चोरियो । साथीहरूसँग मिलेर । गाली पनि पाइन्थ्यो । घरमा त बुुबाआमाले पिट्नु पनि हुन्थ्यो । एक दिन घरकै कुखुराको खुलेसोमा अण्डा तानेर खाँदा लडेको छु । डोकोमा चढेर अण्डा तान्न लागेको थिएँ । लडेर माटोको गाग्रामा परें । चोट पनि लाग्यो । माटोको ग्रागो पनि पानी सहित फुट्यो र ती दिनहरू सम्झदा अहिले रमाइलो लागेर आउँछ । अलि बढी चकचके गर्ने । अग्लो ठाउँबाट हाम फाल्नको पनि शोखिन नै थिएँ ।
सानैमा एउटा भिडियो हेरेको थिएँ । त्यहाँमा धेरै अग्लो ठाउँबाट हाम फालेको सिन देख्दा आफूलाई पनि त्यस्तै गर्न मन लाग्यो । अनि अग्लो ठाउँबाट साथीहरू प्रतिष्प्रधा नै गर्ने गथ्र्यौं । कसले कति माथिबाट हाम फाल्न सक्छ भनेर । एक पटक इमिलिको रुखबाट लडेर चोट लागेको थियो । अझै पनि त्यो चोटको खत टाउकोमा छ । नयाँ कुरा अनि देखेको कुरा अच्चम्म लागेर आफूलाई पनि त्यस्तै गर्न मन लाग्ने । भिडियोमा प्यारासुटबाट उठेको देखेको । आफूहरूले पनि त्यस्तै गर्ने भनेर घरबाट तन्ना ल्याएर बनायौं । कहाँ तन्ना प्यारासुट जस्तो उड्ने रहेछ र लडिहाल्यौं ।
बाल्यकालमा बिताएको त्यो समय फेरि फकिएर आउँदैन् तर सम्झना भने आइरहने रहेछ । बाल्यकालमा भविष्यमा यो नै बन्छु भन्ने त त्यस्तो केही आएन । धेरै जसो सांस्कृतिक कार्यक्रममा सहभागी हुने भएकाले कलाकारितातिर नै जीवन मोडियो । बजारमा बसाइँ सरेर पछि अझ राम्रोसँग बासुरी बजाउने सिक्ने अवसर पाएँ । विनोद बस्याल गुुरुबाट अझै निखरता ल्याउने अवसर पाएँ । अहिले विशेष गरेर बाँसुुरी विधामा रहेको छु । संगीत प्रशिक्षकको रूपमा आफूलाई स्थापित गर्न पाउँदा खुशी लाग्छ ।

प्रकाशित मितिः   ४ भाद्र २०७५, सोमबार १५:३१