बलात्कारीलाई आजीवन काराबास !
क्रान्ति शर्मा
पछिल्लो समयमा नेपालको राजनैतिक परिवेश एकदमै बदलिदो स्वरूपको छ । राजनैतिक विचारधारा, व्यवस्था, कानुन, नीति, विधि बदलिदो छ । विभिन्न अपराधका निम्ति छुट्टाछुट्टै नियमहरू बनिरहेका छन् । भर्खर हिजो मात्र विभिन्न ६ अपराधमा आजीवन कारावास तोकेको छ । मुलुकी अपराध संहितामा ६ अपराधमा आजीवन कैद तोकियको छ ।
– क्रुर यातना दिइ वा निर्ममतापूर्वक ज्यान मारेमा
– वायुयान अपहरण वा वायुयान विस्पोट गरि ज्यान मारेमा
– अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा
– पेय पदार्थमा विष हाली मारेमा
– कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा
– जबर्जस्ती करणी गरेमा
उल्लेखित अपराधमा संलग्न दोषिले जीवित रहेसम्म कैद भुक्तान गर्नुपर्नेछ ।
…
यसरी बलात्कारीलाई पनि आजीवन कारावासको सजाय बनेको छ । विभिन्न सञ्चारमाध्यममा यसअघि विभिन्न ठाउँबाट यस अपराधको सजाय फाँसी हुनुपर्छ भन्ने आवाज उठिराखेको थियो र अहिले पनि त्यही माग यथावत नै छ ।
हामीले हाम्रो सामाजिक र स्वअनुभूतिबाट सजाय माग्यौ भने त्यो सजाय ‘फाँसी’ नै हो । हाहीमा शंका उपशंका आउनु पनि त स्वभाविक छ । अपराधिलाई आजीवन काराबास त राख्ने भनियो तर सरकारी निर्भरतामा अपराधिलाई पाल्नु सजाय हो त ?
के यस्तो हुनसक्दैनस्
यस्ता अपराधीहरू सबैलाई जेलमा पाँच÷सात महिना एक ठाउँमा राखेर अनुसन्धान गरी पुनः यस्ता अपराध तथा यस्तै आपराधिक गतिविधिहरूको बारेमा जासुसीमा खटाउँदा कस्तो होला ? भनिन्छ, चोरलाई नै कसरी चोर्ने र कसरी बच्ने थाहा हुन्छ रे । के थाहा यस्ता अपराध घट्ने त्रममा जान्थो कि ?
…
ठाउँ–ठाउँबाट आवाज उठिरहेका छन्ः
– देशमा वेश्यालय खोली दे सरकार !
– यस्ता अवराधीलाई बीच बाटोमा जिउँदै जलाएर फाँसी दे सरकार !
– हो, छोरी जन्मिदै कम्फू र कराँते सिकाउने व्यवस्था गरिदे सरकार !
यी यावत मागहरू बढिहेका छन् । यही यी यस्ता घटनाहरूलाई न्यूनीकरण गर्नुछ भने केही त यस्ता कठोर नीति अपनाउन पनि त जरुरी छ । जसले अपराध गर्नेभन्दा अगाडि अपराधीले एक पटक सोचोस् र अपराध नै
नगरोस् । यदि गर्छ नै भने सजाय पाओस्, मुक्ति होइन ।
दोषी सरकार पनि होइन । किनकी कोही पनि सरकार जसले यस्ता घटना घटोस् भन्ने पक्कै चाहदैन । तर यी घटनाहरू किन बढिरहेछन् ? न्यूनीकरणका निम्ती कस्ता कदम चाल्ने ? सजाय के दिने ? भन्ने निश्कर्षका निम्ती सरकार बलियो हुन जरुरी छ । सरकारको ध्येय नै सर्वसाधारण जनताको सुख, चैन, सुरक्षा गर्नु हो । यदी यो हुन सकेन भने सरकार पनि दोषी हुनेछ । त्यसकारण सरकारको सही कदमको आवश्यकता छ । बलात्कार जस्तो अपराध गर्ने अपराधीलाई सजाय कस्तो दिनेछ ?
सजाय ‘फाँसी’ नै दिनुपर्छ भन्ने मान्यता पनि जायज नै छ । अपराधीले बलात्कारपछि विभत्स तरिकाले पीडितलाई मार्नसक्छ भने के त्यो अपराधीलाई ‘फाँसी’ दिन उपयुक्त नहोला त ! त्यो अपराधीलाई ‘फाँसी’ नै उपयुक्त छ । यदी यो भन्दा भयंकर अर्को कुनै सजाय छ भने त्यही सही । नत्र यो फाँसीको माग उचित नै देखिन्छ ।
समाजमा त्रास, डर, भय, असुरक्षा, आक्रोशको सान्तवना केही हो भने त्यो फाँसी नै हो । नीति नियमहरू त्यतिसम्म लचिलो पनि हुनुहुँदैन कि जसपं्रति सर्वसाधारणको जनविश्वास नै उडोस् । बलात्कारीलाई मुक्ति होइन मृत्युदण्ड ‘फाँसी’ नै हुनुपर्छ । भविश्यका डरले वर्तमानमा हजारौं चेलीहरूको बलिदान दिन विल्कुलै उपयुक्त छैन । कुनै पनि चेलीको डरलाग्दो त्यो दृश्य त्यो मृत्युसँगको चित्कार, रक्ताम्मे शरीरको पीडा आँखाको आसुको मूल्य संसारको कुनै पनि नियमले मान्छेले सरकारले नै पनि चुक्ता गर्न सक्दैन । जति पीडा चेली, युवती, बालिकाले भोग्नुपर्छ त्यति पीडा त्यो अपराधीले कहिल्यै अनुभव गर्न सक्दैन । कमसेकम थोरै भए पनि महसुस त गर पीडाको ।
बलात्कारीलाई त्यस्तो भयंकर मृत्यु दिनु नै पर्छ जसको प्रभाव हर पुरुषहरूमा परोस् र त्यो अपराधको बाटो कहिल्यै लाग्ने आँट नगरुन् ः
यसररु अपराधीलाई आजीवन काराबास हुनु उचित त छ । तर पनि सरकार के माथि उल्लेख अपराधिबाट पनि समाजलाइ फाइदा दिन सकिन्छ भने किन नगर्ने ? प्रेम र युद्धमा सबै जायज हुन्छ भनेजस्तै यो पनि एक सामाजिक युद्द हो, मुद्दा हो त सकारात्मकता बढ्छ भने किन नगर्ने ?
साझा बिसौनी ।