भाडाको कमाईले समृद्धिको सपना ?
पृथ्वीबहादुर सिंह
संसारका हरेक समृद्ध देशहरू समृद्ध हुनुका प्रमुख दुई कारण छन् । साम्राज्यवादीहरू संसारका अल्पविकशित राष्ट्रहरूको श्रम र प्राकृतिक सम्पदा लुटेर आफ्ना वित्तीय कम्पनीहरूबाट बजार कब्जा गरी समृद्धि हासिल गरी शक्ति सम्पन्न राष्ट्र भइरहेका छन् । यस्ता शक्ति राष्ट्रहरूमध्ये अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मन, युरोपका कैयन राष्ट्रहरू रहेका छन् । एसियामा रुस, चीन पनि उद्योग ब्यापार कब्जा गरेर शक्ति राष्ट्र दाँजोमा पुग्ने क्रममा छन् । दक्षिण एसिया भारत आफ्नो सीमानामा पर्ने वरिपरिका मुलुकहरूलाई प्राकृति भण्डार र श्रम बजार कब्जा गरेर दादागिरी गर्न उद्दत भइ लागिरहेको छ । आफ्नो देशको सम्पदा र मानवश्रमको योजना बद्ध तरिकाले उपयोग गरी भौतिक समृद्धि गरी सम्पन्नताको बाटो उक्लिरहेका स्वतन्त्र मुलुकहरू अस्ट्रेलिया, स्वीजरल्याण्ड, दक्षिण कोरिया, उत्तरकोरिया, थाइल्याण्ड, सिंगापुर, इरान, भियतनाम, अष्ट्रिया आदि रहेका छन् । अहिले पनि साम्राज्यवादी देशहरूले पहिले जस्तो प्रत्येक्ष शैनिक हस्तक्षेप गरेर शासन सत्ता लिएर शोषण तथा दमन गरी विदेशी भूमिमा दोस्रो विश्वयुद्धपछि राज्यसत्तामा आफ्नो कठपुतली दलाल खडा गरेर नव उपनिवेशवादी नीति लागू गरिरहेका छन् ।
सत्तामा यस्ता दलाल राजनीतिज्ञ भाडाका नायक नभएपछि संसारभरीका अल्पविकशित मुलुकहरू जहाँ बहुमूल्य प्राकृतिक सम्पदा छन् । ती भित्र आन्तरिक द्वन्द्व मच्चाएर त्यही निहुँमा संयुक्त राष्ट्रको बहुमत निर्णय गरी मानव अधिकार हनन्को नाममा प्रत्येक्ष शैनिक हस्तक्षेपमा उत्रन्छन् र आफ्ना भाडाका राजनीतिज्ञ नामक सत्तामा उभ्याएर प्राकृतिक मानवीय सम्पदा बजार कब्जा गरेर लुट्दछन् । यसरी पनि लुट्न नसकिने भएपछि एउटा पृथकतावादी समूह गठन गर्न लगाएर सत्ता विरोधीमा आन्दोलनमा उकास्न थाल्छन् । त्यहीलाई राज्यले नागरिकको मानवअधिकार हनन्, धर्मका संस्कार अधिकार हुन््, मुद्दा लिएर त्यो समूहलाई हतियार दिएर द्वन्द्व मच्चाएर लथालिङ्ग बनाएर लाखौं हत्या, शरणार्थी बनाउँदछन् । अहिले यस्ता मुलुकमध्ये अफगानस्तान, इराक, सिरिया द्वन्द्वको भूमरीमा घुमाइरहेका छन् । द्वन्द्व पनि मच्चाउन नसकेमा आफ्नो लुट्ने योजनाको पक्षमा सत्ता नउभिएपछि नाकाबन्दी लगाएर वा संयुक्त राष्ट्र संघको नाममा उपयोग गर्छन् । यस्ता मुलुकले अहिले उत्तरकोरिया इरानलाई चपेटामा पारिरहेका छन् ।
अठारौं÷उन्नाइसौं शताब्दीको विश्व साम्राज्यवादको नाइके बेलायत अहिलेका भारत, पाकिस्तान, बंगलादेशसमेतका साना ठूला ६ सय ८० राज्य शैनिक हस्तक्षेप गरेर एउटा विशाल हिन्दुस्तान निर्माण गरी प्रकृति मानवीय श्रम शोषण गरेको थियो । त्यो समयमा नेपाललाई पनि भारतमा गाभ्न नेपालको पश्चिम काँगडा जैथक नालापानी, पूर्वमा दार्जलिङ तिष्टा, दक्षिणको थुप्रै भू–भाग किल्लाहरूमा गोर्खाली शैनिकसँग घमासान युद्ध भएको थियो । अंग्रेजले गोर्खालीको बहुदारी, राष्ट्रवाद र पहाडी भू–भाग विजय गर्न ठूलै खर्च व्यहोर्नुपर्ने आंकलन ग¥यो । उता दरबारले पनि राजतन्त्र राज्य गर्ने भूमि बचाउन इ.सं. १८१६ को सुगौली सन्धी गर्न पुगेको थियो । युद्ध मोर्चामा अंग्रेजी फौजसँग बहादुरीका साथमा लडेका युद्ध सेनापति अमर सिं थापा यो सन्धीबाट मर्माहत भएर गसाइ कुण्डमा गइ मृत्युवरण गरेका थिए । सुगौली सन्धीपछि अंग्रेजले नेपालीमा सबैभन्दा पहिलो राजदुतावास खोलेको थियो । अंग्रेजले गोर्खालीसँगको लडाइँमा गोर्खालीहरू अति नै लडाकु जातिको रूपमा पहिचान गरेको थियो । राष्ट्रवादी दरवारी शक्ति बाहुल्य भएको दरबारमा त्यो शक्तिनाश गर्ने दलालको खोजी ग¥यो । खोजी क्रममा अति निर्दयी दलाल जंगबहादुर कुँवरले दरबारको कमजोरी दिने उसको इसारामा जुनसुकै हतियार उठाउन सक्ने पायो । अंग्रेजको इसारामा जंगबहादुरले कोतपर्व, भण्डारखाल पर्वमा राष्ट्रियता भएको थापा पाण्डे समूहका धेरै दरबारीया भारदारहरूको हत्या गर्न सफल बनाएको इतिहासमा नलेखिए पनि ग्राण्ड डिजाइन अंग्रेज राजदुतावासको नै आधार हो ।
जंगबहादुरले श्री ५ महाराजधिराज रहेको हुकुम आफूलाई श्री ३ महाराज घोषणा गर्न राजालाई बाध्य पारी लिएका थिए । आफ्नो इमान्दार दलाल नेपालको राज्यसत्तामा स्थापित गराएपछि अझै बेलायतको भौतिक विकास शैनिक संगठन अवलोकन गराएर थप अंग्रेजको साम्राज्यको इमान्दार हिन्दु राजनेता बनाउन इ.सं. १८५० मा बेलायत भ्रमणको राजकीय निम्तो दियो । उनी एक वर्ष बेलायतदेखि युरोपका विभिन्न मुलुकको भौतिक विकास अवलोकन गरी कालमाक्र्सको भाषामा ‘इमान्दार कुकुर’ बनेर भारतका रजौटाकी छोरी विवाह समेत गरी काठमाडौं थापाथली दरबार भित्रिएका थिए । उनी बेलायतबाट फर्केको ६ वर्षपछि इ.सं. १८५७ मा भारतको लखनऊ र कनपुरमा अंग्रेजविरुद्ध भारतीय सिपाइहरूले विद्रोह गरे । त्यो सिपाइ विद्रोह दबाउन आफ्ना बफादार जंगबहादुरलाई नेपालीको तीन पल्टन लिएर आउन बोलायो । श्री ३ जंगबहादुर तीन पल्टनको नेतृत्व गरी सिपाइ विद्रोह दबाउन ठूलै पराक्रम देखाए । त्यही सिपाइ विद्रोह दबाए वापत उपहार स्वरूप हालको बाँके, बर्दिया, कञ्चनपुर र कैलाली मधेश नेपाललाई उपहार स्वरूप अंग्रेजले फिर्ता दिएको हो । सिपाइ विद्रोह दबाउन गोर्खाली फौजको बहादुर देखेपछि भाडा पाए अर्काको मुलुकको लागि रगत बगाउन तयार हुँदा रहेछन् गोर्खाली शासक भन्ने तथ्य निकाल्यो । अब अर्को विश्व उपनिवेशमा जनविद्रोह भए दबाउन यिनै गोर्खा भाडामा बहादुर उपयोग गर्नुपर्छ भनि त्यो समयको विशाल भारतको हाल पाकिस्तान रहेको ओटाकावाद जहाँ मुस्लिम धार्मिक नेता ओसामाविनलादेनलाई अमेरिकाले अति आधुनिक आवाजविहीन हेलिकप्टर प्रयोग गरी मारी लिएर समुन्द्रमा फाल्यो । त्यही स्थानमा पहिलो गार्खा रेजिमेन्ट बनाउने भनि गोर्खाली युवाहरूलाई जीआर भर्ति गरेको थियो । साम्राज्यवादी अंग्रेजी भारतीय सेनामा गएका युवा गोर्खालीले विश्व साम्राज्यवादीहरूको स्वार्थमा प्रथम र दोस्रो विश्वयुद्धमा ८० हजारले युद्धमा ज्यान गुमाएका थिए । विश्वयुद्ध हुन लाग्दा प्रधानसेनापति बनेका बबर शम्शेर राणा देशका गाउँगाउँ पुगी १८ वर्ष माथिका युवाहरू पठाउन उर्दि नै जारी गरी पठाएका कुरा अहिले पनि धेरै लामो बाँचेका बृद्धहरूले यो स्तम्भकारलाई सुनाउनु भएको थियो । मरेका र भर्ति भएर बाँचेका सबै युवाहरूको विप्रेशण उपयोग गरी राणा शासकहरूले आफ्नो निजी सम्पत्ति आर्जन गरी भाडाको इतिहास संस्कृति संस्कार रचेका हुन् ।
जब भारत अंग्रेजी उपनिवेशबाट स्वतन्त्र भयो त्यो समयमा अंग्रेजले गोर्खा रोजिमेन्ट १, २, ३, ४, ५, ६, ७, ८ ९, १०, ११ पल्टन स्थापना गरेको थियो । भारतबाट अंग्रेज बेलायत फिर्ता हुँदा २, ६, ७, १० नम्बर गोर्खा राइफल पल्टन लिएर गएको थियो । स्वतन्त्र भारतीय सत्ताधारीहरूले पनि गोर्खा रेजिमेन्ट अझ थप गरेर एथावत राख्दै गए । भारत स्वतन्त्रपछि कृषि औद्योगिक क्रान्ति गर्न पुगेपछि इमान्दार शैनिक पेन्सन पकाएर आउँदा पनि ती वित्तीय कम्पनी फर्म उद्योगमा भू.पू.हरूलाई नोकरी दिएर बाँकी श्रम लिँदै गए । तिनै भारतीय लाहुरे गोर्खालीहरूसँग नेपालमा सामन्तवादले भौतिक विकास नगर्दा अरु युवाहरू पनि प्राइभेट कम्पनी फर्म, उद्योगमा चौकीदार, कामदारको रूपमै जान थाले । राणा र शाहको निरंकुश सामन्ती राज्य व्यवस्था मुलुकमो विकास निर्माण नगरी आएको विप्रेशण र कर भोजमस्तीमा उडाउने संस्कार विकास भयो । भौतिक विकासले संसारका अनेकौं मुलुकहरूले अनेकौं उद्योग, वित्तीय कम्पनी खोली कामदार आव्हान गर्न थाले । हाम्रो विकास भएन । विभिन्न विदेशी उत्पादन सामग्री बजारमा आयो । ती आवश्यकता पूरा गर्न युवाहरू ती कम्पनीहरूमा कमाउन जान राज्यले मेनपावर कम्पनीहरू खोली पठाउने क्रिया अगाडि बढ्यो । अहिले देशका सबै भू–भागबाट युवाहरू दक्ष–अदक्ष युवा कामदारको रूपमा भौंतारिहेका छन् । भाडामा शैनिक हुने क्रम बेलायतले २०२० सम्म नेपाली चेली पनि शैनिकमा लिने घोषणा गरेको छ । युवा परदेशमा श्रम गर्न थालेपछि कमाएर पठाउलान् र खाउँला भनि अन्न उत्पादन जग्गा जमिन बाँझा हुँदै गइरहेका छन् । अनेकौं यौन तृप्ती काण्डले घरवार विछोड कथाहरू पनि दिनप्रति दिन थपिएका छन् । यो भाडामा परदेशमा श्रम पोख्ने संस्कारले विदेशमा जुनसुकै काम गर्न लाज नमान्ने देशमा काम गर्ने लाज मान्ने संस्कारको विकास हुन गएको छ । हामी विेदशमा गएर जुनसुकै काम गर्न तर स्वदेशमा काम गर्न लाज मान्छौं । भाडाको कमाइले देश समृद्धि पनि हुँदैन । हुने भए राणा जंगबहादुर पालादेखि भाडाको यात्रा तय गरेका हामी नेपालीको परदेशमा भाडाको जीवन यात्राले किन नेपाल र नेपाली सम्पन्न भएनौं ? बरु भाडामा जाने नयाँ–नयाँ वाटाहरू विदेशीहरू खोल्दैछन् । हाम्रा राजनीति गर्ने पार्टीहरू अब हामी आपसमा मिलेर स्वीजहरूले कसरी आत्मनिर्भर स्वीजरल्याण्ड बनाए एक पटक घोरिएर देशलाई सम्पन्न बनाउन भाडा निर्देशनलाई छोडेर सोच्ने हो कि ? काम सानो ठूलो हुँदैन, स्वदेशमा श्रम पोख्न लाज मान्न हुँदैन भन्ने नारा नै बनाएर कार्यान्वयन गर्ने हो कि ?
साझा बिसौनी ।